काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै राजधानीमा भएको जेन–जेड (Gen Z) को आन्दोलनमा अराजक तत्वहरूले घुसपैठ गरेको आरोप लगाएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आजको प्रदर्शनबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकार युवापुस्ताको मागप्रति संवेदनशील रहेको तर आन्दोलनलाई अन्य समूहहरूले बिगार्ने प्रयास गरेको बताए।
उनले जेन–जेड पुस्ताले उठाएको मुद्दा र उनीहरूको सचेत सहभागिता सकारात्मक रहेको उल्लेख गर्दै भने, “युवापुस्ताले शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाएका थिए, सरकार त्यसलाई गम्भीरतापूर्वक लिएको हो। तर त्यही अवसरलाई अराजक समूहहरूले दुरुपयोग गरेको देखिन्छ।”
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार












प्रतिक्रिया