काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली अहिले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन्।
उनका अनुसार प्रतिपक्षी दलहरूले सडक आन्दोलनमार्फत् दबाब दिएर प्रधानमन्त्रीलाई राजीनामा गराउन सक्ने छैनन्।
‘अहिले प्रधानमन्त्रीको राजीनामा आउने प्रश्नै उठ्दैन। प्रतिपक्षी दलहरूले सडकमा बसेर मागे मात्रै त्यसले प्रभाव पार्दैन,’ सोमबार मध्यराति बालुवाटारमा पत्रकारसँग कुरा गर्दै मन्त्री गुरुङले भने।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया