काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो चीन भ्रमण छोट्याउँदै भोलि (बुधबार) स्वदेश फर्कने भएका छन्। नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै उनले एक साताको भ्रमण समयअघि नै समापन गर्ने निर्णय गरेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन्।
कोइराला चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहरमा आयोजित ‘बेल्ट एन्ड रोड–क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठी’ मा प्रमुख वक्ता म्हणून सहभागी भएका थिए। तर, उनले तय गरिएको कार्यक्रमभन्दा चाँडै फर्कने निर्णय गरेका हुन्।
डा. कोइराला भोलि बुधबार रातिसम्म नेपाल आइपुग्ने कार्यक्रम छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया