काठमाडौं । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले पछि घरअगाडि आगो लगाएका थिए । घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षा निकाय परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले जानकारी दिए ।
जेन–जी पुस्ताले सोमबारदेखि सुरु गरेको आन्दोलन सोमबार साँझै उग्र बन्दै हिंसात्मक रूप लिएको हो ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया