काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नख्खु, नैकापस्थित उनको घरमा तोडफोडसँगै आगजनी प्रयाससमेत भएको छ।

ठूलो संख्यामा प्रदर्शनकारी घरअगाडि पुगेका थिए र तोडफोड भइरहेको अवस्था थियो ।

advertisement

नयाँ बानेश्वर र इटहरीमा जेन–जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com