काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सरकारको दमनविरुद्ध आमनागरिक स्वतस्फूर्त सडकमा आएपछि जारी गरिएको कर्फ्युका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । मंगलबार बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठक स्थगित भएको हो ।

सभापति देउवाको सचिवालयले कार्यसम्पादन समिति बैठक स्थगित गरिएको जानकारी दिएको छ । कर्फ्युका कारण नेताहरू बैठक स्थलमा पुग्न सक्ने अवस्था नभएपछि बैठक स्थगित गरिएको हो ।

advertisement

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com