काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन् ।

सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको र यसबारे सरकारले गम्भीर रूपमा अनुसन्धान गर्ने भन्दै एमालेबाट मन्त्री भएकाहरूलाई राजीनामा नबुझाउन भनिएको छ ।

advertisement

मङ्गलबार एमालेका एक मन्त्रीलाई तपाईँहरूले राजीनामा दिनुहुन्न भनेर सोधेको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले आफूहरूलाई पदबाट राजीनामा नदिन भनेको बताएका छन् ।

‘यसको उच्चस्तरीय छानबिन समिति बनिसक्ने भनिएको छ तपाईँहरू नडराउनुहोस् अहिले आत्तिएर पदबाट राजीनामा दिनु पर्दैन’, प्रधानमन्त्री ओलीले भनेका थिए, काङ्ग्रेसले र अरूले के गरे भनेर तपाईँहरू आत्तिनु पर्दैन । जेन–जी आन्दोलनमा घुसपैठ भएको हो यसलाई छानबिन गर्नुपर्छ।’

ती मन्त्रीका अनुसार अहिलेसम्म एमालेबाट मन्त्री भएका कसैले पनि राजीनामा दिने तयारी गरेका छैनन् । तर कांग्रेसबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखकले सोमबार नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका छन् । यता मङ्गलबार कृषिमन्त्री रामनाथ अधिकारीले समेत राजीनामा दिएका छन् ।

मङ्गलबारै स्वास्थ्यमन्त्री प्रदीप पौडेल र पर्यटनमन्त्री बद्री पाण्डेले पनि राजीनामा दिने चर्चा भइरहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com