काठमाडौं । आम जनता पार्टीले जेन–जी आन्दोलनका क्रममा भएको गोलीकाण्डप्रति तीव्र आपत्ति जनाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।

सोमबार पार्टीका केन्द्रीय प्रवक्ता चन्द्रभूषण साहले जारी गरेको विज्ञप्तिमा निर्दोष युवा–विद्यार्थीमाथि गरिएको गोली प्रहारलाई ‘निर्मम नरसंहार’ को संज्ञा दिँदै यसलाई मानवता विरोधी कायरता भएको उल्लेख गरिएको छ ।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘कलिला अबोध युवा–विद्यार्थीहरूको निर्मम हत्या गर्न आदेश दिने तत्कालीन प्रधानमन्त्री ओली र यस अपराधमा संलग्न प्रहरी अधिकारीहरूलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही अघि बढाउनुपर्छ ।’

प्रवक्ता साहले ओली नेतृत्वको सरकारले जनविश्वास र राजनीतिक वैधता गुमाइसकेको आरोप लगाउँदै उत्पन्न सङ्कट समाधानका लागि अन्तरिम सरकार गठन गर्नु नै एक मात्र विकल्प भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com