काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन हो। विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक र पथ प्रदर्शकको रूपमा रहेको विद्यार्थी सङ्गठनले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको जीवन रक्षा गर्न समेत असफल रह्यो। यसर्थ, समग्र हाम्रो पुस्ताले गरेका प्रयास असफल भएको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु।’
कडरियाले जनताको सेवामा निरन्तर लाग्ने बताएका छन् र वर्तमान सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दमन गर्दै आएको भन्दै यसबाट भयावह परिणाम आउन सक्ने आशंका व्यक्त गरेका छन्। उनले आफ्नो अनुभवलाई ‘मेरो जीवनको सबैभन्दा कालो दिन’ भनेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया