काठमाडौं । जेन–जी प्रदर्शनकारीहरूले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तमा आगजनी गरेका छन्। सो प्रहरी वृत्तका इन्चार्ज डीएसपी रामकुमार यादव घेराबन्दी भएपछि कार्यालय छोडेर जिल्ला प्रहरी परिसर जावलाखेलतर्फ सर्नु परेको छ।
प्रदर्शनकारीहरूले मंगलबार विहानदेखि नै प्रहरी कार्यालय र राजनीतिक नेताहरूका घरलाई लक्षित गर्दै तोडफोड र आगजनी जारी राखेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया