काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जारी जेन जेड आन्दोलनप्रति सम्बोधन गर्दै आन्दोलनकारीलाई संयमित रहन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले आन्दोलन नितान्त जेन जी पुस्ताको भएको स्पष्ट पारेका छन् । शाहले भने, ‘प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।’
उनले अबको नेतृत्व जेन जेड पुस्ताले नै लिनुपर्ने उल्लेख गर्दै आन्दोलनकारीलाई तयार रहन आह्वान गरेका छन् । साथै, सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्दै उनले भनेका छन्, ‘वार्ता हुनु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया