काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जारी जेन जेड आन्दोलनप्रति सम्बोधन गर्दै आन्दोलनकारीलाई संयमित रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले आन्दोलन नितान्त जेन जी पुस्ताको भएको स्पष्ट पारेका छन् । शाहले भने, ‘प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।’

advertisement

उनले अबको नेतृत्व जेन जेड पुस्ताले नै लिनुपर्ने उल्लेख गर्दै आन्दोलनकारीलाई तयार रहन आह्वान गरेका छन् । साथै, सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्दै उनले भनेका छन्, ‘वार्ता हुनु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

बालेन भन्छन्- संसद् विघटन गरि जेन जी पुस्ताले सरकार चलाउनुपर्छ

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com