काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा रहेको रहेको प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

मंगलवार जेनजीले गरेको प्रदर्शनका क्रममा सिंहको निवासका साथै त्यहाँ राखिएका ६ वटा गाडीमा पनि आगजनी गरिएको हो ।

advertisement

सुरक्षाकर्मीले सिंह र उनका परिवारका सदस्यलाई सुरक्षित स्थानमा लगिसकेको बताइएको छ ।

सिंह निवासमा तैनाथ सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोक्न नसकेपछि आगजनी भएको हो ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com