काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जारी जेन जी आन्दोलनलाई सम्बोधन गर्दै आन्दोलनकारीलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै शाहले देशको भविष्य नवयुवाको हातमै रहेको उल्लेख गरेका छन्। उनले भने, ‘‘देश तपाईंहरुकै हातमा हो, तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ, त्यो तपाईं–हाम्रो नै हुने हो ।’’

advertisement

उनले आन्दोलनकारीलाई घर फर्किन पनि आग्रह गरेका छन्। शाहका अनुसार आन्दोलनको कारण जनधनमा भएको क्षति अन्ततः नागरिकमै पर्न जाने भएकाले अब संयमित भएर अघि बढ्न आवश्यक छ।

शाहले आन्दोलन शान्तिपूर्ण रहनुपर्ने र भावनात्मक आवेगमा आइसकेको उपलब्धि गुमाउन नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com