काठमाडौं । जेन–जी आन्दोलनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्ने प्रयास गरेका छन्।

सुरक्षा स्रोतका अनुसार आन्दोलनकारीहरूको एक समूह विमानस्थलको ‘गोल्डेन गेट’ हुँदै भित्र छिर्न खोजेको हो। उनीहरूलाई रोक्न सुरक्षा निकाय परिचालित भए पनि भिड नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ।

advertisement

आन्दोलनकारीहरूले सेनाको कडाइ गरिएको घेराबन्दी तोड्दै विमानस्थल परिसरतर्फ धकेलिन खोजेका थिए। तर, विमानस्थल बिहानैदेखि नै बन्द गरिएकाले आवागमन पूर्णरूपमा अवरुद्ध छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com