काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जेनजीको जारी आन्दोलनलाई साथ दिने निर्णय गरेको छ । नेकपा महासचिव विप्लव आफैं जेनजी आन्दोलनमा सहभागी हुने सो पार्टीले जनाएको छ ।

नेकपाले भदौ २३ गतेदेखि २७ गतेसम्म राखेको केन्द्रीय समिति बैठक स्थगित गरी जेनजी आन्दोलनमा सहभागी हुने निर्णय गरेको सो पार्टीका पोलिटव्युरो सदस्य असल सीले जानकारी दिए ।

advertisement

वर्तमान संसदीय पार्टीको सत्ता अन्त्यका लागि जेनजी आन्दोलनमा साथ दिने पार्टीले निर्णय गरेको उनले बताए ।

नेकपाले वर्तमान सत्ताको प्रक्रियाभन्दा बाहिरबाट शक्तिशाली भ्रष्टाचार छानबिन नागरिक आयोग गठन गर्ने र भ्रष्टाचार नेता, कर्मचारीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने, सबै राजनीतिक नियुक्ति खारेज हुनुपर्ने लगायतका निर्णय गरेको छ ।

महासचिव विप्लवले आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि आन्दोलनलाई साथ दिन निर्देशन दिएका छन् ।

नेकपाले भ्रष्टाचार, सुशासन र अग्रगमनका लागि आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com