काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार विघटन भइसकेको परिस्थितिमा आन्दोलनरत जेन–जी पुस्तालाई संयमित रहन आग्रह गरेका छन्।

मंगलबार जारी गरिएको भिडियो सन्देशमार्फत उनले हालको आन्दोलनलाई नयाँ नेतृत्व सिर्जनाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

advertisement

विप्लवले भने, ‘जेन–जी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको मोडमा पुर्‍याएको छ। दुई दशकदेखि चल्दै आएको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता र दलालीको स्वाभाविक परिणाम आज देखिएको हो। भ्रष्ट नेता, दल र सरकार सजाय भोग्नै पर्ने अवस्थामा पुगेका छन्।’

उनले थपे, ‘सरकार ढलेको यस घडीमा जेन–जीले संयमतापूर्वक संवादमा सहभागी हुनुपर्छ। अब देशलाई संसदभित्रका सौदाबाजीले होइन, आन्दोलनरत जनतामाझबाटै नयाँ नेतृत्व दिन सक्ने सोच बनाउनुपर्छ। यो जिम्मेवारी नयाँ पुस्ताले नै पूरा गर्नुपर्नेछ।’

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com