विराटनगर । बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
नगरबासीलाई सम्बोधन गर्दै उनले एमाले सदस्यता र जनप्रतिनिधिको जिम्मेवारी त्यागेको जानकारी दिए। उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्ने र सामाजिक सञ्जाल सुचारु गर्ने मागलाई बेवास्ता गर्दै निर्दोष विद्यार्थी र नागरिकको ज्यान लिइएको घटनाले मलाई नैतिक रूपमा जिम्मेवार बनाएको छ, त्यसैले राजीनामा दिएको हुँ।’
यस्तै, एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि सबै पद त्यागेको घोषणा गरेका छन्। विज्ञप्तिमार्फत उनले आफूसहित पत्नी विमला दाहाल घिमिरे एमालेसँग आबद्ध नरहेको प्रस्ट पारेका छन्। विमला प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी थिइन् भने जीवन घिमिरे मोरङ इन्चार्जसमेत थिए।
यससँगै स्थानीय र केन्द्रीय नेतृत्वस्तरमै राजीनामाको शृङ्खला सुरु भएको देखिएको छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया