काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुन अनुसारको सबै प्रक्रिया पूरा गरी मात्र जेलबाट रिहा भएको दाबी गरेका छन्।

नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट मुक्त भएका थिए। सोमबारदेखि देशभर उग्र बनेको जेन–जी आन्दोलन मंगलबार अझै व्यापक रूप लिएको थियो। त्यही बीच उनी रिहा भएका हुन्।

advertisement

कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेल मार्फत लामिछानेले जारी गरेको सन्देशमा उल्लेख छ, ‘आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाइको लागि कानुन बमोजिम प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्र म कारागारबाट रिहा भई सिधै आम नागरिकको माझमा आउन सकें। यस बाबजुद पनि म मुलुकको कानुनप्रति बफादार रहँदै भविष्यमा आवश्यक सबै कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँछु।’

उनले अहिलेको आन्दोलन शुद्ध रूपमा जेन–जीको भएको बताएर भविष्यमा मुलुकको नेतृत्व जेन–जीको मागअनुसार अघि बढ्नुपर्नेमा स्पष्टता पनि जनाए।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com