काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण अवस्थालाई संवादमार्फत समाधान गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरेका छन् भने नेपाली सेनाले उक्त संवादमा सहजीकरण गर्ने जनाएको छ।
सेनाका एक उच्च अधिकारीका अनुसार सुरक्षा निकायका प्रमुखहरूबीच भएको छलफलपछि राष्ट्रपति कार्यालयलाई वार्ताबाटै समस्या समाधान गर्न सुझाव दिइएको हो।
‘राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ। त्यहाँ नयाँ सरकार गठनदेखि आगामी प्रक्रियाबारे विभिन्न मोडलमा छलफल हुनेछ,’ अधिकारीले बताए।
उक्त छलफलबाट हुने निर्णयलाई नेपाली सेनाले पनि मान्ने जनाएको छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया