काठमाडौं ।  काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण अवस्थालाई संवादमार्फत समाधान गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरेका छन् भने नेपाली सेनाले उक्त संवादमा सहजीकरण गर्ने जनाएको छ।

सेनाका एक उच्च अधिकारीका अनुसार सुरक्षा निकायका प्रमुखहरूबीच भएको छलफलपछि राष्ट्रपति कार्यालयलाई वार्ताबाटै समस्या समाधान गर्न सुझाव दिइएको हो।

advertisement

‘राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ। त्यहाँ नयाँ सरकार गठनदेखि आगामी प्रक्रियाबारे विभिन्न मोडलमा छलफल हुनेछ,’ अधिकारीले बताए।

उक्त छलफलबाट हुने निर्णयलाई नेपाली सेनाले पनि मान्ने जनाएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com