काठमाडौं । बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा प्रदर्शनकारीले तोडफोड गरेका छन्।
बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार, ‘प्रदर्शनकारीहरूले शाखामा प्रवेश गरी तोडफोड गरेका छन्। हालसम्म कति क्षति भएको हो भन्ने स्पष्ट जानकारी छैन। शाखाभित्र कोही कर्मचारी पनि उपस्थित थिएनन्।’
उनीहरूले बैंकको धुकुटीसम्म पुगे कि नपुगेको यकिन हुन सकेको छैन। रेग्मीले बताएअनुसार, हिजो सोमबार पनि सोही शाखामा प्रदर्शनकारीले तोडफोड गरेका थिए।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया