जनकपुरधाम । जनकपुरका पूर्वराज्यमन्त्री संजयकुमार साह ललितपुरस्थित नख्खु जेलबाट बाहिरिएका छन् ।

जेनजीको आन्दोलन चर्किएपछि रास्वपा सभापति रवि लामिछानेसहित कैदीहरू मुक्त भएका क्रममै उनी पनि जेलबाट बाहिरिएका हुन्।

advertisement

साहले १२ वर्षसम्म जन्मकैदको सजाय भोगिरहेका थिए। जनकपुरबाट उनले पहिले मधेशी जनअधिकार फोरममार्फत समानुपातिक सभासद् बनेका थिए भने पछि सद्भावना पार्टीबाट संविधानसभामा दुई पटक निर्वाचित भएका थिए।

उनीमाथि २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटमा ५ जनाको ज्यान जाने घटनाको मुख्य अभियुक्त रहेको आरोप छ। साथै, जनकपुरकै रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा पनि योजनाकार रहेको अभियोग लागेको छ।

जेलबाट निस्केपछि साहले आफू निर्दोष रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले जेनजीको आन्दोलनको समर्थन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनका अनुसार, राजनीतिक दलहरूको दबाबमा न्यायाधीशहरूले निर्दोषलाई दोषी र दोषीलाई निर्दोष साबित गर्ने प्रवृत्तिका कारण आफू पनि अन्यायको सिकार बनेका हुन्।

 

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com