काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भइरहेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति र सुव्यवस्था कायम राख्न सबैलाई आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ मा विचार व्यक्त गर्दै मोदीले नेपालको पछिल्लो घटनाक्रमले आफू अत्यन्तै विचलित भएको बताएका छन्। उनले नेपालको स्थिरता र शान्ति भारतका लागि पनि अत्यन्त संवेदनशील विषय रहेको उल्लेख गरे।
‘नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति समृद्धि अत्यन्त महत्वपूर्ण छ’ उनले भनेका छन्,’ म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीहलाई शान्ति सुव्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।’
मोदीले आजै बसेको भारतीय मन्त्रिपरिषद् बैठकमा नेपालको पछिल्लो परिस्थितिबारे विस्तृत छलफल भएको जानकारी दिँदै नेपालप्रति भारतको ध्यान गहिरो रूपमा केन्द्रित रहेको उल्लेख गरेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया