काठमाडौं । नेपालमा ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्।

महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन्।

advertisement

नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिनुभएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com