काठमाडौं । देशभरि कर्फ्यू लागू भएकाले र अत्यावश्यक काम बाहेक घरबाहिर नजान नेपाली सेनाको निर्देशनमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्म बन्द रहेको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले विषम परिस्थितिका कारण यात्रु आवतजावत सहज नभएको बताउँदै यस्ताे  निर्णय गरिएको जानकारी दिएका छन्।

advertisement

आजका अन्तर्राष्ट्रिय उडानहरू पुनःसमय निर्धारण (रिसेड्युल) हुने छन् भने काठमाडौं आउनुपर्ने विदेशी यात्रु बोकेको विमानहरू सम्बन्धित देशमै रोकिएका छन्।

यसअघि मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान आज पनि सञ्चालनमा आउन सकेको छैन। आन्तरिक वायुसेवाले सबै उडान रद्द भएको जानकारी सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com