काठमाडौं । जेन–जी प्रदर्शनकारीको आक्रमणमा परी महाराजगञ्जमा मृत्यु भएका तीन प्रहरीको पहिचान सार्वजनिक भएको छ।

मंगलबार आन्दोलनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापाको मृत्यु भएको पुष्टि भएको छ।

advertisement

प्रहरी स्रोतका अनुसार, प्रदर्शनकारीहरूले आगजनी सुरु गरेपछि प्रहरीहरू निसास्सिएर मृत्यु भएका हुन्। उक्त घटनापछि त्यहाँ फसेका केही प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com