काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन रुपमा बन्द गरिएको छ। मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्ने सुनिश्चित छैन।
विमानस्थल प्रशासनले विषम परिस्थितिका कारण अनिश्चितकालका लागि उडान रोकिएको जानकारी दिएको छ। जारी सूचनामा उल्लेख गरिएको छ कि अर्को सूचना नआएसम्म विमानस्थल खुल्ने छैन।
पहिले विमानस्थल आज दिउँसो १२ बजेसम्म सञ्चालन हुने तय थियो। हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया