काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल सेना र अन्य सुरक्षा निकायहरूको सक्रिय परिचालनपछि आज बिहान १० बजेबाट लुटपाटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको हो।
सुरक्षाकर्मीले डिल्लीबजार–नारायणथास्थित शंकास्पद गतिविधिमा संलग्न केही व्यक्तिहरूलाई पनि फेला पारेका थिए। उनीहरूले २ लाख ३२ हजार ५ सय रुपैयाँ देखेपछि छोडेर भागेको जानकारी सेनाले दिएको छ। बरामद रकम सुरक्षित गरिएको छ।
त्यसैगरी, सुरक्षाकर्मीसँगको समन्वयमा लुटिएका कुल ३२ नाल हतियार पनि बरामद भएको सेनाले जनाएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया