काठमाडौं । रसुवा कारागारबाट सबै ९८ जना कैदीबन्दी फरार भएका छन्।

रसुवा कारागारका जेलर कैलाश देवकोटाका अनुसार कैदीबन्दीहरूले कारागारमा तोडफोड गरी भागेका हुन्। फरारमध्ये कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि रहेका छन्। उनी अपहरण र व्यक्ति हत्याको मुद्दामा कारागारमा थिए र अझै २ वर्ष कैद भुक्तान गर्न बाँकी थियो। प्रहरीका अनुसार, उनका अन्य ठाउँमा पनि मुद्दा रहेकोले कारागारबाट छुटेपछि तिनमा पक्राउ गर्ने तयारी भइरहेको छ।

advertisement

विशेषज्ञ र सुरक्षा स्रोतका अनुसार, हालै जेन जेडको प्रदर्शनको क्रममा अन्य कारागारबाट पनि कैदीबन्दीहरू धमाधम फरार हुन थालेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com