काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि समिति गठन र एजेन्डा तय गर्ने उद्देश्यले बसेको जी जेडको बैठकमा राजसंस्था पुनःस्थापनासम्बन्धी विषय उठेपछि केही अभियन्ता बैठकबाट बाहिरिएका छन्।
जेन जेड अभियन्ता रक्षा बमले सैद्धान्तिक मतभेदका कारण आफू बैठक छाडेको बताइन्। “बैठकमा राजा फर्काउनेसम्मका कुरा उठेपछि केही साथीहरूले बैठक बहिष्कार गरे, एक सहभागी अभियन्ताले जानकारी दिए।
बैठकमा मुख्यत: वार्तामा कसले प्रतिनिधित्व गर्ने र अन्तरिम सरकार प्रमुखका रूपमा कसलाई अघि सार्ने भन्नेबारे छलफल भइरहेको थियो। केही सदस्यहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउनुपर्ने धारणा राखेका थिए भने अर्को समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह वा सबैलाई स्वीकार्य हुने साझा व्यक्तिमाथि सहमति जुटाउनुपर्नेमा जोड दिएका थिए।
जेन जेड अभियन्ताहरूका अनुसार, वार्ता समिति गठन र एजेन्डा स्पष्ट भएपछि मात्र उनीहरू राष्ट्रपति पौडेल र सेनाप्रमुख अशोकराज सिग्देलसँग औपचारिक छलफलमा बस्ने तयारीमा छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार












प्रतिक्रिया