काठमाडौं । जेन जी प्रदर्शनका क्रममा आगजनीमा परेर घाइते भएकी नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको छ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार चित्रकार अहिले बोल्न सक्ने अवस्थामा पुगेकी छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ र चिकित्सकहरूले ‘खतरामुक्त’ घोषणा गरेका छन्।
मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित खनालको घरमा आगो लगाइएको थियो। त्यसबेला झलनाथ खनाल घरबाहिर रहेका कारण सुरक्षित रहे पनि घरमै रहेकी उनकी पत्नी आगलागीमा परेर घाइते भएकी थिइन् ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार












प्रतिक्रिया