काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार राति ८ बजे भर्चुअल बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
यता जेनजीको पनि भर्चुअल चलिरहेको छ । उनीहरूले देशको व्यवस्था र अबको नेतृत्वको विषयमा लामै छलफल गरिरहेका छन् ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया