काठमाडौं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन्। सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले प्रधानमन्त्री पदको दावी गर्दै काठमाडौं आइपुगेका छन्।

सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाण्डौँ आइपुगियो। गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड।’

यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com