बैतडी ।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ । ‘जेन– जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो ।

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे । उनले भने, ‘भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ । नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन ।’

advertisement

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ । प्रजिअ पौडेलले भने, ‘भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ ।’

 

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com