सिरहा ।  ‘जेन–जी’ आन्दोलनका क्रममा मङ्गलबार साँझ लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ । ठूलो समूहमा आएका उनीहरुले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन् ।

कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, ‘गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।’

advertisement

उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेका थिए । लुटपाटपछि कार्यालयको चारपाङ्ग्रे सवारी साधनमा आगजनी गरिएको छ । हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन् ।

 

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com