काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र व्यवसायी दुर्गा प्रसाईँ बुधबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन्।

प्रसाईँले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेर देशको पछिल्लो अवस्था र आगामी राजनीतिक निकासबारे विस्तृत छलफल गरेको बताएका छन्। छलफलपछि उनले भने, ‘मलाई नेतृत्वको मोह छैन, देशलाई जसरी निकास मिल्छ त्यही मेरो प्राथमिकता हो।’

advertisement

उनले जेनजी पुस्ताको चाहनालाई सम्मान गर्दै ‘बालेन शाह वा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जसको पनि नेतृत्व स्वीकार गर्न तयार छु’ भन्ने धारणा सार्वजनिक गरेका छन्।

यसैबीच, मेयर साम्पाङ अहिले पनि जंगीअड्डामै रहेका छन्। तर, उनी र प्रधानसेनापतिको भेटमा उठेका विषयबारे अहिलेसम्म विवरण सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार दिनभर चलेको छलफलमा जेनजी प्रतिनिधिहरूले सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव प्रधानसेनापति सिग्देलसमक्ष औपचारिक रूपमा राखेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com