काठमाडौं । नेपालमा युवा पुस्ताको आन्दोलनले सत्ता परिवर्तनको स्तरसम्म चर्किएपछि चीनले प्रतिक्रिया दिएको छ।
बुधबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालका सबै पक्ष आन्तरिक मामिला सम्हाल्न सक्षम रहेकोमा आफू विश्वस्त रहेको बताए।
उनले नेपालमा ‘सामाजिक व्यवस्था र स्थिरता शीघ्र पुनर्स्थापित होस्’ भन्ने आशा व्यक्त गरे।
प्रवक्ता जियानका अनुसार, विरोध प्रदर्शनपछि विदेश मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो ‘कन्सुलर प्रोटेक्सन इमर्जेन्सी मेकानिजम’ सक्रिय पारेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया