काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई जटिल संकटबाट बचाउन तत्कालीन कदम चाल्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्दै उनले वर्तमान संसद् विघटन र वर्तमान संविधान खारेज गर्ने माग गरेका छन्।

लिङ्देनले जिम्मेवार पदमा रहेका व्यक्तिहरूको गैरजिम्मेवार व्यवहारका कारण मुलुकले अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नुपरेको छ। उनका अनुसार, अब थप जनधनको क्षति रोक्न, मुलुकलाई दीर्घकालीन द्वन्द्वबाट जोगाउन र वैदेशिक हस्तक्षेप रोक्न ठोस र निर्णायक कदम चाल्नु अपरिहार्य बनेको छ।

advertisement

उनले नेपालको स्थायित्व र दीर्घकालीन समाधानका लागि राजालाई “राष्ट्रका अभिभावक”को भूमिकामा पुनःस्थापित गर्नुपर्ने सुझाव पनि दिएका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com