चितवन । भरतपुर कारागारबाट बाहिरिएका कैदी बन्दीहरूलाई तत्काल फर्कन चितवन प्रशासनले सुचना जारी गरेको छ ।]

बुधबार चितवन जिल्ला सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो निर्देशन दिएका हुन् ।

advertisement

भरतपुर कारागारमा ७४० कैदी बन्दी रहेकोमा ४०, ५० जना बाहेक बुधबार बिहान अन्य कैदी बन्दी बाहिरिएका थिए । “कारागारबाट बाहिर निस्केका कैदी बन्दीलाई इमानदरी साथ कारागार प्रशासनसँग सम्पर्क गरि फर्कनुहुन सुचित गरिन्छ” सुचनामा भनिएिको छ ।

सुचनाका आधारमा फर्कने कैदी बन्दीलाई बाहिर गएकै आधारमा फरक व्यवहार नगरिने तर सम्पर्कमा नआउनेहरूलाई खोजी पक्राउ गरि कानुन बमोजिम गरिने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको भनाइ छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com