काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल खेलका लागि आएको बंगलादेशको राष्ट्रिय फुटबल टोली बिहीबार बिहान विशेष विमानमार्फत स्वदेश फर्किएको छ।

देशमा उत्पन्न प्रतिकूल परिस्थितिका कारण केही दिन नेपालमै रोकिएको टोलीलाई बंगलादेशी सेनाको विमानमार्फत स्वदेश पठाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए।

advertisement

नेपाल भ्रमणका क्रममा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल भने काठमाडौंमा देखिएको तनावपूर्ण अवस्थाका कारण अन्तिम समयमा रद्द गर्नुपरेको थियो।

खेल रद्द भएपछि टोली तत्क्षण स्वदेश फर्कने तयारीमा रहे पनि परिस्थिती अझ जटिल भएपछि नेपालमै बस्न बाध्य भएको थियो। अन्ततः अवस्था सामान्य भएपछि उनीहरू स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com