रामेछाप । रामेछाप कारागारमा उत्पन्न झडपका क्रममा सेनाले चलाएको गोली लागी दुई कैदीबन्दीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैदीबन्दीहरूले कारागार बाहिर निस्कन पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। नियन्त्रण बाहिर जाँदै गरेको अवस्थालाई थाम्न खोज्दा सेनाले गोली चलाएको बताइएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया