दाेलखा । पोखरामा जलेको अवस्थामा मृत फेला परेकी युवती दोलखाकी रहेको पुष्टि भएको छ।
दोलखा जिल्ला वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको स्थानीय पुष्कर अधिकारीले जानकारी दिए। उनका अनुसार खड्का काठमाडौंमा काम गर्ने भए पनि कार्यसम्बन्धी कारणले पोखरा पुगेकी थिइन्।
खड्काको शव लिन उनका भिनाजु र भाइ पोखरा गएका छन् भने आमाबुबा दोलखाबाट काठमाडौं प्रस्थान गरेको अधिकारीले बताए।
स्वस्थानीको मृत्यु पोखरा लेकसाइडस्थित अंशुभरा स्क्वायरमा भएको आगलागीमा भएको हो। गत बुधबार तीव्र आगलागीपछि उनी जलेको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया