काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपाली सेनाले प्रकाशित गरेको विज्ञप्तिअनुसार आवतजावत हुने गरी संवेदनशील प्रणाली सञ्चालन गरी बैंकिङ सेवा तथा डिजिटल भुक्तानी जस्ता अत्यावश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाउनुपर्ने जनाएको छ।
अन्य प्रणालीहरूको हकमा भने रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने निर्देशन दिइएको छ। साथै, यससम्बन्धी सूचना आफ्ना आधिकारिक वेभसाइटमार्फत सार्वजनिक गर्न पनि राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया