काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थुनिएका टोपबहादुर रायमाझीले आफू पुनः कारागार फर्कन तयार रहेको बताएका छन्।

कारागार प्रशासनका स्रोतका अनुसार रायमाझीले टेलिफोनमार्फत आफू कुनै पनि समयमा कारागार फर्कन तयार रहेको जानकारी दिएका हुन्। यद्यपि हाल उनलाई कारागारमा फर्किन भनिएको छैन। स्रोतले भने, ‘ठीक छ, हाम्रै सम्पर्कमा रहनु होला। परिस्थिती मिल्ने बित्तिकै खबर गर्छौं।’

advertisement

रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए। करिब ३८ सय कैदीबन्दी रहेको उक्त कारागारबाट हालसम्म करिब ३३ सय कैदी फरार भएका थिए। यसै क्रममा सुन काण्डका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका थिए।

फरार भएका कैदीमध्ये केही फिर्ता भइसकेका छन् भने अन्य केही फर्कने क्रममा रहेको जानकारी कारागार प्रशासनले दिएको छ। भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन इच्छुक रहेको सन्देश पठाएको छ।

सुरक्षा स्रोतका अनुसार, नख्खु कारागारबाट फरार भएका कैदीबन्दीहरू मंगलबार राति करिब १० बजे सुन्धारामा आएर तोडफोड गरेका थिए। त्यसपछि सुरक्षामा खटिएको नेपाल प्रहरी त्यहाँबाट हटेर आर्मी मुख्यालय पुग्दा मात्र नेपाली सेना कारागारमा पुगेको थियो। यसअघि करिब ३३ सय कैदीबन्दी फरार भइसकेका थिए।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com