काठमाडाैं  । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई-दुई र दार्चुला तथा बैतडी घर घएका एक-एक जना रहेका छन् । उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका थिए ।

advertisement

‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com