काठमाडौँ । देशको नेतृत्वबारे चलिरहेको बहसबीच ऊर्जा क्षेत्रमा उत्कृष्ट नेतृत्व देखाइसकेका कुलमान घिसिङले आफू सरकार प्रमुख बन्न तयार रहेको स्पष्ट संकेत दिएका छन्। ग्लोबल नागरिकसँगको कुराकानीमा उनले राष्ट्रलाई राजनीतिक निकास दिन र जिम्मेवारीपूर्वक नेतृत्व सम्हाल्न आफू तयार रहेको बताएका हुन्।

हालै जेन–जी पुस्ताले अघि सारेको प्रस्तावमा घिसिङलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयको छलफलले देशको राजनीतिमा नयाँ समीकरणको लहर ल्याएको छ। यता, सम्भावित नेतृत्वका रूपमा चर्चा पाइरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की विवादमा तानिएकी छिन् भने काठमाडौंका मेयर बालेन शाहले तत्काल देशको नेतृत्व सम्हाल्ने तयारी नभएको स्पष्ट सन्देश दिएका छन्।

advertisement

घिसिङको तयारीसँगै राजनीतिक वैकल्पिक नेतृत्वबारे छलफल तीव्र बनेको छ। विश्लेषकहरूको भनाइमा सुशासन र परिणाममुखी शैलीमा सफल मानिएका घिसिङले नेतृत्व सम्हाल्दा जनतामा नयाँ आशा र विश्वास जगाउने सम्भावना उच्च छ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com