काठमाडाैं । ललितपुरको नख्खु कारागारबाट बुधबार भागेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’ पक्राउ परेका छन्।
उनीलाई बिहीबार काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार पक्राउ परेका टकलालाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको छ।
इन्स्पेक्टर कुँवरका भने, ‘अहिलेसम्म नख्खु कारागारबाट भागेका १७ र सिन्धुलीबाट भागेका २ कैदीलाई पक्राउ गरिसकेका छौं।’
साहलाई जनकपुर बम विस्फोट प्रकरणमा दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाइएको थियो। त्यतिबेला उनी मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसदसमेत थिए। साथै, जनकपुरका सञ्चारकर्मी अरुण सिंहानियाको हत्या प्रकरणमा पनि उनको संलग्नता रहेको आरोप छ।
बुधबार प्रदर्शनकारीहरूले कारागारमा तोडफोड गरेपछि उनी अन्य कैदीसँगै भागेका थिए।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया