काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले मुलुकमा नयाँ सरकार गठन संविधानको दायराभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक संकटका बीच संविधान र राष्ट्रलाई जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले भने, ‘संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र निवास, प्रधानमन्त्री कार्यालय र निवासलगायतका संरचना जले। तर अब बाँकी रहेको संविधान नजलोस्, नेपाल नजलोस्। संविधानकै आधारमा नयाँ सरकार गठन होस्।’

advertisement

भदौ २३ र २४ गतेका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्य जिम्मेवार बन्नुपर्ने पनि स्पष्ट पारे।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com