काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन–जी पुस्ताले संविधान खारेज नभई पुनर्लेखनको माग उठाएको बताएका छन्।

उनका अनुसार, वर्तमान संसद विघटन गरी जेन–जीको भावना झल्किने गरी अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता देखिएको छ।

advertisement

‘हामी संविधान खारेज होइन, सुधार र संशोधन चाहन्छौं,’ गुरुङले भने, ‘अन्तरिम सरकारको आवश्यकता छ, जसले नयाँ ढंगले संविधानलाई परिमार्जन गर्छ। बाह्य हस्तक्षेप नहोस् भन्ने हाम्रो चाहना हो।’

गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सकिने प्रस्ताव गर्दै, योग्य र असल व्यक्तिहरूलाई मन्त्री बनाउनुपर्नेमा जोड दिए। ‘नेपालले पहिलो महिला प्रधानमन्त्री पाएर नयाँ इतिहास रच्ने अवसर बनोस्,’ उनले टिप्पणी गरे।

उनले आफूहरूले सत्ताकै लागि आन्दोलन नगरेको स्पष्ट पार्दै भने, ‘हामीलाई कुर्सी चाहिएको होइन, परिवर्तन चाहिएको हो। प्रधानमन्त्री बन्ने लोभ छैन। यदि त्यो चाहिएको भए मलाई नै भन्थे। तर हाम्रो उद्देश्य सुशासन र न्याय हो।’

गुरुङले आन्दोलनलाई दमन गर्नेहरूलाई उन्मुक्ति नदिने चेतावनी दिँदै प्रश्न उठाए, ‘हामीले मागेको त सुशासन मात्रै थियो, त्यसको मूल्य चुकाउन गोली खानुपर्ने हो? परिवर्तनको माग गर्ने युवामाथि दमन हुनु न्यायसंगत छैन।’

त्यसैगरी उनले परम्परागत दलका बुढा नेताले हैन, नयाँ पुस्ताका युवाले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउँदै, जेन–जी आन्दोलनले देशमा नयाँ राजनीतिक संस्कृतिको बाटो खोल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com